मन्त्रीपरिषदको निर्णयः डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ विकास कर !

काठमाडौं । अब डिजेल पेट्रोलमा प्रतिलिटर १० / १० रुपैयाँ विकास कर लाग्ने भएको छ । बिहिवार सुचना तथा सन्चार प्रविधि मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री युवराज खतिवडाले जानकारी दिएका हुन ।

गत फागुन १२ गते बसेको मन्त्रीपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया बिकास कर लगाउने निर्णय गरेको थियो ।

साथै सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउन थालेको थियो ।

सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ ५ रुपैयाँका दरले बिकास कर थपेर १० रुपैयाँ पुर्याएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?