११ वर्षीया बालिकाको बलात्कार गर्दै भिडियो बनाएपछि…

काठमाडौं । धनुषामा ११ वर्षीया बालिकाको सामुहिक बलात्कार गर्दै भिडियो बनाउने ३२ वर्षका श्रीकिसुन दासलाई प्रहरीले पक्राउ गरेको छ । पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले दासलाई पक्राउ गरेको हो ।

जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–५ गजरियाकी ११ वर्षीया बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको छ ।

फागुन १० गते घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी फोटो र भिडियो समेत खिचेको पीडित परिवारले जानकारी दिएका छन् । अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर फरार रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?