नेविसंघले विभिन्न रचनात्मक कार्यक्रम गर्दै शहिद दिवश मनायो

काठमाडौँ, १६ माघ । नेपाल विद्यार्थी संघले पशुपति क्षेत्रमा रहेका वृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेको छ । नेविसंघ प्रदेश नम्बर ३ को आयोजनामा शहिद दिवशको अवसरमा विर शहिदको सम्झनामा वृद्धाआश्रममा बसेकाहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा रक्षामन्त्री भिमसेनदास प्रधानलाई आमन्त्रण गरिएको थियो वृद्धवृद्धालाई फलफुल वितरण पश्चात बोल्दै प्रधानले भने सहिदको सच्चा सम्मानको लागी यस्तै किसिमका विभिन्न रचनात्मक कार्यक्रम हुनुपर्ने उल्लेख गरे । फलफुल वितरण कार्यक्रममा नेविसंघ उपाध्यक्षद्वय रामप्रसाद अधिकारी र डिल्लीराम सुवेदीको उपस्थिती रहेको थियो । यसैगरी केन्द्रिय सदस्य शुशिल भट्ट, रत्नहरी ढुंगेल, शैलेन्द्र गौडेल, नवराज त्रिपाठी , रामप्रसाद अधिकारी साथै विद्यार्थी नेताहरु निरञ्जन थापा, परोपकार अधिकारी , इश्वर अधिकारी, पवन थापा, डुजाङ शेर्पा, हरी आचार्य लगायतले वद्धवृद्धालाई फलफुत वितरण गरेका थिए । आजै नेविसंघले शहिद दिवशको अवसरमा रक्तदान कार्यक्रम, दिप प्रञ्वलन लगायतको कार्यक्रम पनि गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?