काठमाडौं । नेपाल प्रहरीको समायोजना प्रकृया सुरु भइसकेको छ । यसअघि प्रहरीमा पतिपत्नी फरक प्रदेशको भएको अवस्थामा के हुने भन्ने विषय अन्योल थियो । अब भने त्यो अन्योल हटेको छ । नेपाल प्रहरी ऐनले अब श्रीमान श्रीमती एकै ठाउँमा बस्न पाइने व्यवस्था गरेको छ । तर, तह भने वृद्धि नहुने भएको हो ।
उक्त ऐनमा “प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीले अर्को प्रदेशमा विवाह भएका कारण सो प्रदेशमा सरुवा हुन माग गरेमा दुवै प्रदेशमा समन्वयमा सरुवा हुन सक्नेछन् ।” भनिएको छ ।
व्यवस्थाले तल्ला दर्जाका प्रहरी कर्मचारीलाई सहज हुने देखिएको छ ।
तर ग्रेडवृद्धि भने हुनेछ । समायोजन ऐनमा भनिएको छ, ‘समायोजन गर्दा खाईपाई आएको तलब वृद्धि (ग्रेड) मा दुई तलब वृद्धि (ग्रेड) थप गरी समायोजन हुनेछ । समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम भएको मानिनेछ ।’
समायोजन गर्दा कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना, उमेरको ज्येष्ठतालाई आधार मानिने उल्लेख छ ।
समायोजनमा नपरेका प्रहरी कर्मचारी स्वतः नेपाल प्रहरीमा कायम हुनेछन् । संघ र प्रदेश प्रहरीको पोसाक भने ऐकै खालको हुने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया