सुनको मूल्यमा उतारचढाव, आज फेरि बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७९ हजार ५ सय रहेको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला सुन ७९ हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७९ हजार ४ सय रहेको छ ।

तर आज चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले कमि आएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ९ सय ५ रहेकोमा आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ९ सय कायम भइ कारोवार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?