चार विद्यार्थीलाई ‘सुप्रिम गोल्ड मेडल’ प्रदान

काठमाडौं, १६ माघ । काठमाडौंको सुप्रिम गोल्ड कलेजको चौथो वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ कलेजको बार्षिकोत्सवको उपलक्ष्यमा प्लस टुमा उत्कृष्ठ अंक ल्याउने ग्याल्जेन शेर्पा, २०७३ मा स्नातक तह प्रथम हुने शान्ति लक्ष्मी राजबाहक, २०७४ को स्नातक तह प्रथम हुने सुमन गुरुङ, बीबीएस प्रथम हुने किरण चौधरीलाई सुप्रिम गोल्ड मेडल प्रदान गरिएको हो यसैगरी क्याम्पसकी संस्थापक सरिता क्षेत्रीले १ लाखको अक्षय कोष खडा गरी त्यसको ब्याजबाट यसवर्ष किरण चौधरीलाई ५ हजार नगद पुरस्कार समेत प्रदान गरियो सो कार्यक्रमका अवसरमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा यु–१९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलाई सम्मान पत्र समेत प्रदान गरिएको छ भने पर्यटनविद कर्ण शाक्यले उद्यमशीलता र विकासबारेमा विशेष प्रवचन समेत दिएका थिए यसैगरी वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ठ हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो यस्तै नयाँ विद्यार्थीलाई स्वागत, पुरानालाई विदाई समेत गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?