वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँ आयोजित कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । ‘समृद्धिको आधार, राज्य निजी क्षेत्रको साझेदारी’ भन्ने मूल नाराका साथ आगामी चैतको २८ र २९ गते हुने महासङ्घको ५४औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

उहाँले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको दरिलो खम्बाका रुपमा रहेकोले यसले आर्थिक विकासमा ठूलो सहयोग पु¥याउने बताउनुभयो । उहाँले आफू निर्वाचित भए व्यवसायीका समस्या समाधान गर्न अग्रसर हुने बताउनुभयो ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था छ । अब हुने साधारणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनुहुनेछ । यसअघि वरिष्ठ उपाध्यक्षका लागि अर्का उपाध्यक्ष किशोरकुमार प्रधानले समेत उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । ढकालको उम्मेदवारीमा महासङ्घका पूर्वअध्यक्ष चण्डी ढकाल, सुरज वैद्यलगायतको सहभागिता थियो । ढकालको बैंकिङ, केबुलकार र पर्यटन क्षेत्रमा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?