किन आउँदैछिन् सुस्मा स्वराज, नेपालको राजनीतिमा अर्को तरंग

काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले राजनीतिक वृत्तमा अर्को तरंग उत्पन्न भएको छ स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर नेपाल आउन लागेको बताइएको छ । नेपालमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन सम्पन्न भएर सरकार गठनको प्रक्रियामा रहेका बेला हुन लागेको स्वराजको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ उनी आगामी बिहीबार र शुक्रबार नेपालमा रहनेछिन् । राष्ट्रवादी छवीको आडमा चुनाव जितेको वाम गठबन्धनको नेतृत्वमा सरकार बन्न लागेका बेला स्वराजलाई नेपाल पठाएर मोदीले नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिन खोजेका छन् यो भ्रमणका लागि कुनै द्विपक्षीय वार्ता र बैठकहरु समेत नरहेका बेला हुन लागेको भ्रमणमा नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पटक टेलिफोनवार्ता भएपछि हुन लागेको स्वराजको भ्रमण भावी सरकारका लागि पनि महत्वपूर्ण रहेको ठानिएको छ यसअघि २०७२ को असोजमा संविधान घोषणा हुने समयमा पनि भारतका प्रतिनिधिहरुको नेपाल भ्रमण भएको थियो । त्यसबेला भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएर संविधान तत्काल घोषणा नगर्न सन्देश दिएका थिए तर त्यसको वास्ता नगरी संविधानसभाबाट संविधान जारी गरिएपछि नेपालमाथि लामो नाकाबन्दी लगाएको थियो मोदीले अहिले पनि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत टेलिफोन वार्ता गरेका थिए । ओलीलाई उनले भावी प्रधानमन्त्री भन्दै बधाई समेत दिएका थिए संविधान जारी भएपछि देखि नै भारतको संस्थापन पक्ष र ओलीबीचको सम्बन्ध चिसिएको छ । ओली सरकार ढाल्नेसम्म भारतले भूमिका खेलेपछि भारतीय संस्थापनविरुद्ध ओलीले खुलेरै बोलेका थिए स्वराजको नेपाल भ्रमणबाट विभिन्न टिका टिप्पणी सुरु भएका छन् । केही कूटनीतिज्ञले नयाँ सरकार बन्ने समयमा हुन लागेको भ्रमणबाट भारत नयाँ सरकारसँग सहकार्य गर्न चाहन्छ भन्ने सन्देशका रुपमा लिनुपर्ने बताएका छन् भने केहीले यसलाई अनुपयुक्त समयको भ्रमणको रुपमा टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?