अध्ययन भन्छ, ‘राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउँनुस्’ !

काठमाडौं – राति सुत्ने बेलामा तपाई भित्री वस्त्र र कसिला वस्त्र प्रयोग गर्नुहुन्छ भने सावधान !

अझैपनि केहीले त भन्छन्, ‘ह्या ! सुत्ने त हो नि, कस्तो लुगा भन्ने कुराले के नै फरक पार्छ र ? ’ यदि त्यसो हो भने तपाई गलत सोच्दै हुनुहुन्छ । यो बानी हटाइहाल्नुहोस् । एक अध्ययनका अनुसार राति सुत्ने बेलामा भित्री बस्त्र खोलेर खुकुला र सुतीको कपडा प्रयोग गर्नुभएन भने तपाईको शरीरमा समस्या देखिन थाल्छ ।

हो, अझ महिलाले यस्तो कुरामा विशेष ध्यान दिनुपर्छ । २४ सै घण्टा तपाईले ब्रा लगाउनाले शरीरमा अनेक समस्याहरू देखिन्छन्। हुन त तपाई भन्नुहोला शरीरको बनावटलाई आकर्षक बनाउन पनि ब्राको प्रयोग त गर्नैप-यो नि ! तर त्यसो होइन जब तपाई बेडमा जानुहुन्छ तब भित्री वस्त्र खोलेर सुतीको कपडा प्रयोग गर्नुहोस् यसबाहेक अरु समयमा अनिवार्य भित्री वस्त्र प्रयोग गर्नुहोस् । पुरुषले पनि रातमा सुत्दा भित्री कपडा खोलेर खुकुला सुतीको कपडा प्रयोग गर्नु हितकर हुन्छ ।

-लगातार लामो समयसम्म ब्रा लगाउनेहरूको स्तनमा दुखाइको समस्या बढ्न सक्छ।

-शरीरलाई असहज महशुस हुन्छ सक्छ ।

-रातमा आरामको निन्द्रा पर्दैन ।

-शरीरमा एकनासले रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन।

-आन्तरिक समस्याहरू पैदा हुन सक्छ।

-टाउकोसम्बन्धी रोग लाग्न सक्छ ।

-काँधमा दादजस्तो गहिरो दाग बस्न सक्छ ।

-नमिलेको ब्रा लगाउँदा गर्दन दुख्नुका साथै ढाडमा समेत दबाब पर्छ ।

-गलत साइजको ब्राले पेट खराब गर्छ । हात तथा गर्दनमा सुईले घोचेजस्तो हल्का पीडा महसुस हुन्छ ।

-ढाड दुख्ने समस्या पनि हुन सक्ने

-कसिलो ब्रा लगाएर सुत्नाले शरीरको कोमल छालामा डाम पर्छ।

-छाला चिलाउने समस्या देखिन सक्छ ।

-टाईट पेन्टीका कारण तपाईको पेटमा दाग बस्ने, तल्लो पेट थिचिएजस्तो असहज हुने पसिना आउने जस्ता समस्या हुन्छ ।

-त्यसैले यस्ता समस्याबाट बच्न दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ ।

-भित्री वस्त्र खोलेर सुत्नुका फाइदा जानेपछि तपाईंले आफ्नो आनीबानीमा सुधार पक्कै ल्याउनुहुन्छ ।

-रक्तसञ्चार राम्ररी हुन पाउँछ ।

-दाग बस्दैन

-गहिरो निद्रा पर्छ

-श्वासप्रश्वास र रक्तसञ्चारमा सहजता भइ आराम महशुस हुन्छ

-स्तनसम्बन्धी रोग लाग्दैन

-पसिना आउँदैन

-क्यान्सरको जोखिम कम गर्छ

-सुत्ने बेलामा तपाईका यस्ता आदत छन् भने पनि हटाइहाल्नुहोस् है !

-धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुहोस्

-सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि त्याग्नुहोस्

-कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुहोस्

-गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन

-सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो

-सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ

-सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ

-बिहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी राम्रो होइन

-राति सुत्नु अघि अफिसको काम बारे नसोच्नुहोस्

-मोबाईलमा झुण्डिने बानी छोड्नुहोस्

-पार्टनरसँग झर्किफर्की गर्ने बानी छोड्नुहोस्

-रिण/धन हिसाब गर्ने बानी छोड्नुहोस्

-साथीभाईसँग गफगाफमा मस्त हुने बानी छोड्नुहोस्

-एक्लोपना महशुस गर्ने वा भावनात्मक हुने बानी छोड्नुहोस्

-तर्क वितर्क गर्ने वैयक्तिक सञ्चार गर्ने बानी छोड्नुहोस्

यी कुराहरु आजैबाट लागू गर्नुभयो भने जीवन सुखी रहन्छ । तर याद राख्नुहोस् !  सकारात्मक सोँच र निरन्तरता भन्दा अर्को ठूलो चिज संसारमा केही हुँदैन ।

(तर याद राख्नुहोस्, गर्भवति, सुत्केरी महिलाले खुकुलो पेन्टी र खुकुलो किसीमको ब्रा लगाउनुहोस् ।)

एजेन्सीको सहयोगमा तयार पारिएको टिप्स -तस्वीर स्गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?