हत्या अभियोगमा बंगलादेशका नागरिक मियाँ जेल चलान

काठमाडौं । बंगलादेशका एक नागरिक हत्या अभियोगमा पूर्पक्षका लागि जेल चलान भएका छन् । माघ ६ गते मोहद्धिन अहमद र मियाँ हिमालयन एयरलाइन्सको विमानमार्फत बंगलादेशबाट काठमाडौं आएका थिए।

माघ ७ गते पैसाको विषयमा विवाद भएपछि मियाँले अहमदको हत्या गरि फरार भएका थिए। मियाँसँग अहमदले लेवनान पठाइदिने भन्दै ३ लाख टाका लिएका थिए। लेवनान नपठाएको र पैसा पनि फिर्ता नगरेका कारण मियाँले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या गरी फरार रहेका दुला मियाँलाई प्रहरीले माघ १६ गते सार्वजनिक गरेको थियो। जिल्ला अदालत काठमाडौंले आइतवार मियाँलाई थुनामा पठाउन आदेश दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?