प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्यूटनका प्रेरक २० भनाईहरु

काठमाडौं । संसारमा कति जन्मिए र कति मरेर गए त्यसको अहिलेसम्म लेखाजोखा नै छैन । तर संसारमा जन्मिएका केहि व्यक्तिलाई भने सारा विश्वले नै शताब्दियौं पछिसम्म पनि सम्भिmइरहन्छ ।

आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन ।

विज्ञानको दुनियामा आइज्याक न्यूटन यस्तो हस्ती हुन् जसले गुरुत्वाकर्षणको नियम र चालको नियम सबैभन्दा पहिले प्रतिपादन गरेका थिए ।

उनले गुरुत्वाकर्षणको नियम बताउँदै भनेका थिए, ‘कुनै अज्ञात शक्तिले चीजलाई आफूतर्फ खिच्दछ । यो नियम व्रह्माण्डको प्रत्येक कणमा लागु हुन्छ । हरेक कण ले अर्को कणलाई आफूतिर खिच्दछ ।’ न्यूटन विश्वचर्चित वैज्ञानिक मात्रै नभई एक दार्शनिक पनि थिए ।

सर आइज्याक न्यूटनकोका प्रेरक २० भनाईहरु

१. हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ

२. जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।

३. म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।

४. हामी मानिसले पर्खाल त धेरै बनायौँ तर, पुल पर्याप्त बनाएनौँ ।

५. म आकाशीय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।

६. उत्थान पछि विनाश पनि सम्भव छ ।

७. त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।

८. यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।

९. म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो।

१०. कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।

११. एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।

१२. प्रकृति सधैँ सादगीमा नै खुसी हुन्छ ।

१३. मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।

१४. यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।

१५. धैर्य नै प्रतिभा हो ।

१६. कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औँला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्दछ ।

१७. प्लेटो मेरा साथी हुन् र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

१८. कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।

१९. म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ, जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।

२०. कडा मिहेनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?