अडियो छानबिन गर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसित माग गरिन् ।

सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सिमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराए । सांसद महेश्वरजङ्ग गहतराज र मायादेवी न्यौपानेले सरकार र सदनबीच थप सहकार्यको आवश्यकता औँल्याए । सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायले दलित भएकै कारण राजधानिमा कोठा पाउन समस्या रहेको बताए ।

सांसद मीना सुब्बाले ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको प्रश्न गरिन । सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा ध्यानाकर्षण गराएकी छिन् । सांसद मोहन बानियाँले सरकारले अघि सारेको भ्रष्टाचार अन्त्यको अभियानलाई पूरा गर्ने बताए । सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?