हेर्नुहोस् २०७६ साल फागुन १५ गतेको राशिफल

वि.सं. २०७६ फाल्गुन १५ गते । बिहीवार । इ.स.२०२० फेब्रुअरी २६ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फागुन शुक्लपक्ष ।

तिथी– चतुर्थी,२८ बजेर ०७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–रेवती,२३ बजेर ०४ मिनेट उप्रान्त अश्विनी । योग– शुभ,०९ बजेर ०० मिनेट उप्रान्त शुक्ल । करण– वणिज,१५ बजेर ०६ मिनेट उप्रान्त भद्रा,२८ बजेर ०७ मिनेट उप्रान्त बव ।

आनन्दादिमा मित्र योग । चन्द्रराशि–मिन,२३ बजेर ०४ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ६ बजेर ३३ मिनेटमा, सूर्यास्त १८ बजेर ०१ मिनेटमा । दिनमान २८ घडी ४० पला । पञ्चक समाप्ती । राष्ट्रिय मगर दिवस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।

स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तै पनि विदेशी सामानको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । बौद्धिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रशन्न हुनेछ ।

शिक्षामा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा गुरुवर्ग तथा आफन्तहरु खुसी हुनेछन् । दाजुभाई तथा अग्रजहरुको सहयोग पाईनाले नयाँ काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

व्यापार व्यवसायमा लगानि गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याहरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अरुको लहलहैमा लाग्नाले पढाई लेखाई बिग्रनेछ । सरकारी तथा प्रशासनिक काममा ढिलासुस्तीको कारणले अन्य उपलब्धि पनि गुम्न सक्छ ।

व्यापारमा लगानी गरे पनि न्यून नाफामा चित्त बुझाउनु पर्नेछ । घरपरिवार तथा अग्रजहरुसँग मनमुटाव बढ्ने योग रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

व्यक्तिगत स्वास्थ्य तथा वैराग्यभाव त्यागेर अगाडि बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनुहोला ।

आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । अध्ययनमा अलि धेरै समय खर्चदा मात्र नतिजा हात पार्न सकिनेछ । प्रेममा धोका हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

विद्या तथा कुनैपनि प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

विलाशी तथा भौतिक बस्तुका प्रयोग गर्न पाईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुने तथा व्यवसायकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । प्रेमील जोडीहरुका लागी समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । पढाई लेखाईमा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईको हातमा पर्नेछ ।

माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति पत्निको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । ऋण,रोग तथा संकटको सामाना गर्ने शक्ति जुटाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

अध्ययन तथा अध्यापनमा मन नजाँदा महत्वपूर्ण उपलब्धिहरु गुम्न सक्छन् ध्यान दिनुहोला । प्रेममा रमाउँन चाहनेहरुका लागी समय मध्यम रहेको छ ।

व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तीको योग भएपनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईकै पक्षमा हुनेछन् ।

दाजुभाई तथा छिमेकीसँग मिलेर गरीने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ती तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

घरायसि कुरामा आफन्त तथा कुटुम्बसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा मनग्गे समय दिएपनि थोरै आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।

पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछाडि परिनेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ ।

ईमान्दारिता र मिहेनेतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यतित गर्न पाउँदा मन हर्सित हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?