एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य बृद्धि

काठमाडौं । एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको माघ मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्ति मूल्य बृद्धि भइ ११ दशमलव ३३ पुगेको छ ।

त्यस्तो मूल्य आंकलन गर्दा पुस मसान्तसम्म प्रतिइकाई खुद मूल्य १० दशमलव ७२ रहेको थियो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा एनआईसी एशिया फण्डको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी कायम भएको बैंकले जनाएको । एनआईसी एशिया ग्रोथ फण्डको माघ मसान्तसम्म सूचीकृत तथा सूचीकृत हुन बाँकी शेयर, डिबेन्चर तथा मुद्धति निक्षेपमा भएको परल मूल्य ५८ करोड २ लाख रहेकोमा यसको बजारमूल्य ७४ करोड ५ लाख कायम भएको छ ।

साथै उक्त योजनामार्फत माघ मसान्तसम्ममा १० करोड ९७ लाख नाफा गरेको छ । यो नाफा पुस मसान्तसम्मको तुलनामा ८५ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा योजनाले ५ करोड ९१ लाख नाफा कमाउन सफल भएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?