रोल्पाको माडी क्षेत्रमा बिजुली बल्यो

रोल्पा । रोल्पाको माडी क्षेत्रले पहिलोपटक राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट बिजुली पाएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले घर्ती गाउँमा भएको एक कार्यक्रमबीच माडी गाउँपापलिका अध्यक्ष नन्दबहादुर पुनलाई मिटर बक्स हस्तान्तरण गरेर विद्युतीकरणको शुभारम्भ गरे । बुटवल पारव कम्पनीले प्यूठानमा निर्माण गरेको झिम्रुक जलविद्युत केन्द्रबाट माडीमा विद्युत पु¥याइएको हो ।

माडी क्षेत्रका चर सय ग्राहकलाई मिटर बक्स प्रदान गरिएको छ । प्रतिनिधिसभामा रोल्पाबाट निर्वाचित मन्त्री पुनले दुई वर्षभित्र जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने घोषणा गरे । ‘दुई वर्षभित्र रोल्पालाई पूर्ण विद्युतीकरण गरिसक्ने मेरो प्रतिबद्धता छ’, उहाँले भन्नुभयो, ‘अब रोल्पालीले अँध्यारोमा बस्नुपर्दैन ।’ निर्वाचनका बेला मन्त्री पुनले आफ्नो कार्यकालभित्रै जिल्लालाई पूर्ण विद्युतीकरण गरिसक्ने प्रतिबद्धता जनाएका थिए । ‘निर्वाचनमा मैले मतदाताका अगाडि गरेको प्रतिबद्धता पूरा गरेर छाड्छु’, मन्त्री पुनले भने ।

नेपाल विद्युत प्राधिकरण रोल्पाका वितरण केन्द्र प्रमुख श्याम शर्माले मन्त्री पुनको निर्देशनअनुसार दुई वर्षभित्र रोल्पाका ७२ वटै वडालाई आध्यारो मुक्त बनाइने बताए । शर्माका अनुसार जिल्लाका हरेक वडामा विजुलीको पोल गाड्ने कामका लागि टेण्डर समेत आह्वान भइसकेको छ र तीव्र गतिमा काम अघि बढाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?