७ चैत्र २०७९, मंगलवार

स्थानीय तह निर्वाचनमा डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप

२०७४,आश्विन,१,आईतवार ०७:१७

0
Shares

काठमाण्डौं, १ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरि पार्टीका उमेदवारहरुलाई हराएको आरोप लगाँउदै वडाअध्यक्ष तथा सदस्यका प्रत्यासीहरुले डा. महतलाई कारवाहीको माग गरेका हुन । निर्वाचनमा आँफुहरुलाई हराउन भुमिका खेलेको भन्दै नुवाकोटको लिखु,ककनी र शिवपुरी गाउँपालिकाका भित्रका वडाध्यक्ष तथा सदस्यका उमेदवारहरुले आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन । निवेदनमा डा. महतको निर्देशनमा नेविसंघ जिल्ला सभापति उत्तम पाठक,लिखु३ का केशराम तामांग र तरुण दलका सुमन डंगोलले मतादातालाई विपक्षि पार्टीका उमेदवारहरुलाई मतदान गर्न लगाएकोले डा. महत सहित चारैजनालाई कारवाहीको माग गरिएको छ । नुवाकोट कांग्रेसमा अन्तर्घातको रोइलो डा. महत सहितका नेता कार्यकर्तालाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितीमा बुझाईएको निवेदनमा वडाध्यक्षका उमेदवारहरु लिखु -३ का विनोद सेढाई, ककनी -३का सिताराम आचार्य, शिवपुरी -८ का केशव प्रसाद रिजाल,लिखु- ५ का विश्व प्रसाद खतिवडा र ककनी -१ का मोहनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन । निवेदनमा वडासदस्यका उमेदवारहरु शिवपुरी- ८ का कृष्ण थपलिया, लिखु -३ का प्रकास कुँवर, लिखु- ५का कल्पना आचार्य, लिखु-५ कै कृष्णबहादुर थापा मगर, ककनी -३ का लक्ष्मि राई,ककनी -३ कै गीता सुनार, लिखु-६का अर्जुनजंग थापा र शिवपुरी- ८ का जयराम तामांग लगायतले हस्ताक्षर गरेका छन ।   केही दिन अघि नुवाकोट काँग्रेसका सभापति तथा सांसद जगदिश्वर नरसिंह केसी विरुद्ध पनि स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । डा. प्रकाश शरण महत विरुद्ध पनि उजुरी परेसँगै नुवाकोट काँग्रेस विवाद उत्कर्षमा पुग्ने देखिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०७:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ । लामिछानेलाई अख्तियारको

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६