१३ वर्षपछि शहिदको सूचीमा क्षेत्रबहादुर केसी

सरकारले राप्रपा कास्कीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका स्वर्गीय क्षेत्रबहादुर केसीलाई शहिद घोषणा गरेको छ । तत्कालिन समयमा पोखरा १८ मनकामनाटोल स्थायी घर भएका केसीलाई तत्कालिन विद्रोहि माओबादीहरुले गोली हानी हत्या गरेका थिए । २०६१ सालमा सशस्त्र द्वन्दको बेलामा माओबादीको गोली हानी हत्या गरिएका केसीलाई सरकारले १३ वर्षपछि शहिद घोषणा गरेको हो पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत भैसकेका केसी कास्कीमा निकै लोकप्रिय थिए । सुकुम्बासीलाई व्यवस्थित बासस्थानको उपलब्धता गराउनुसँगै पोखराको वृहत्तर विकासमा उनको योगदानलाई अझै पनि सरोकारवालाहरुले निकै सम्झन्छन् साविकको पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा उनी पटकपटक वडा अध्यक्षमा निर्वाचित भएर स्थानियस्तरमा जनताको सेवा गरेका थिए । उनलाई अझै पनि विकासशिल नेताको रुपमा त्यहाँका वडाबासीले लिन्छन् । प्रजातान्त्रिक आन्दोलनमा लागिरहँदा तत्कालिन विद्रोहि माओबादीद्वारा मारिएका केसीलाई लामो समय पश्चात भएपनि शहिद घोषणा गरेको सरकारी निर्णयलाई राप्रपाले स्वागत गरेको छ राप्रपाको केन्द्रीय कार्यालयमा शहिद दिवसको अवसर पारेर केसी लगाएत अन्य थूपै्र शहिदहरुलाई सम्झना समेत गरिएको छ । राप्रपा अध्यक्ष कमल थापाले केसीको प्रशंसा गर्दै पार्टीले एउटा होनहार प्रजातान्त्रिक योद्धालाई गुमाएको प्रतिक्रिया दिए । उनले केसीको राजनीतिक चरित्र निकै शालिन र भव्य भएको बताउँदै उनको परिवारप्रति समवेदना समेत प्रकट गरे त्यस्तै राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग मन्त्री सुनीलबहादुर थापाले पनि क्षेत्रबहादुर केसीले प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदानको कदर गर्नुपर्ने बताए । सरकारले उनलाई शहिद घोषणा गरेर लामो समय पछि भएपनि राम्रो काम गरेको उनले बताए । त्यसैगरि राप्रपा कास्कीका नेताहरुले पनि क्षेत्रबहादुर केसीलाई सरकारले शहिद घोषणा गर्नु स्वागतयोग्य भएको बताएका छन् त्यस्तै पछिल्लो क्रममा सरकारले निकालेको शहिदको सुचीमा कास्कीबाट क्षेत्रबहादुर केसीसँगै हर्कबहादुर गुरुङ पनि परेका छन् । सरकारले जारी गरेको पछिल्लो सूची अनुसार कास्कीबाट शहिदको सूचीमा पर्ने ९ जना पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?