जब काँग्रेस नेताहरु फुटपाथमा बसेर जुत्ता टल्काउँदै गरेका देखिए…

काठमाडौं १६ माघ । सधैं सडक पेटीमा बसेका मोचीसँग टलक्क जुत्ता टल्काएर सिंहदरबार छिर्ने काँग्रेस नेताहरु मंगलबार फरक दृश्यमा देखिए सहिद दिवसका दिन मंगलबार नयाँ बानेश्वरको सडकमा मोचीको स्थानमा काँग्रेस नेताहरु बसेर जुत्ता पालिस गर्दै थिए । यसरी काँग्रेस नेताहरु सडकमा बसेर सर्वसाधारणको जुत्तामा पालिस लगाएको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको थियो नेपालको राजनीतिमा फोहोर पसेकाले जुत्तालाई जस्तै पालिस लगाएर सफा गर्न भन्दै कांग्रेसका केन्द्रीय नेताहरु सांकेतिक रुपमा सडकमा निस्किएका हुन् उनीहरु एक हातमा पालिसको बट्टा र अर्को हातमा ब्रस लिएर सडक पेटीमा बसेका थिए । बानेश्वर चोकको सडक पेटीमा बसेर उनीहरुले पैदलयात्रुका जुत्ता टल्काइदिएका थिए सडक पेटीमा बसेर कांग्रेसका नेताहरु केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र धनराज गुरुङलगायत जुत्ता टल्काइरहेका थिए कार्यक्रम भने सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो । पार्टी शुद्धीकरण हुनुपर्ने सन्देशसहित उनीहरुले सांकेतिक विरोध गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?