पूर्व डीआइजी रमेश खरेलले नयाँ पार्टी खोल्ने

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआईजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।

पार्टी स्थापनाका लागि उनले ‘‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका थिए । अभियानको बिहीबार एक कार्यक्रम गरेर सार्वजनीक गर्ने भएका छन् ।

उनले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए ।

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको बताइएको छ ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत आवद्ध रहने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?