जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको २५औं स्मृति दिवस

काठमाडौं । तत्कालीन नेकपा(माओवादी)द्वारा संचालित जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने प्रथम सहिद दिलवहादुर रम्तेलको २५औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भएका छन्।

आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।

यसै सन्दर्भमा सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज सांझ ५ वजे २५ औं दिलवहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दिप प्रज्वलन कार्यक्रम राखेको छ। रम्तेल जन्मिएको गोरखा जिल्लामा आजै अनेरास्ववियू र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम राखेका छन्।

आजै स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने , अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ लगायतको विशेष उपस्थिति रहेको थियोे । कार्यक्रममा सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरिएको थियोे।

सोही कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्य सुरेन्द्र बस्नेत, योगेन्द्र वुढा , श्याम रोका , जटिल कार्की , विवेक ढकाल , प्रतिक कार्की र कमल कुंवरलाई सम्मान समेत गरिएको स्ववियु सभापति प्रज्वल कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?