सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले प्रेरणा दिने विश्वास

काठमाडौँ, १६ माघ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् अध्यक्ष डा.लोहनीले विज्ञप्ति जारी गरी देशमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल आमाका सपूत शहीदले देखाएको त्यागको आदर्श र निष्ठालाई नयाँ पुस्ताले सदैव सम्मान गर्नुपर्नेमा जोड दिएका छन् देशमा राजनीतिक स्थायित्व, सामाजिक न्याय, समानता र जनतालाई समृद्ध बनाउने शहीदको चाहनालाई साकार पार्न आफ्नो पार्टी दृढतापूर्वक अगाडि बढ्ने जनाउँदै उहाँले जनताको आर्थिक प्रगति र मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानका साथै विभिन्न जाति समुदायबीच सामाजिक सद्भाव कायम गर्न शहीद दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?