१० असार २०७९, शुक्रवार

स्थानीय तह निर्वाचनमा डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप

२०७४,आश्विन,१,आईतवार ०७:१०

0
Shares

काठमाण्डौं, १ असोज ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरि पार्टीका उमेदवारहरुलाई हराएको आरोप लगाँउदै वडाअध्यक्ष तथा सदस्यका प्रत्यासीहरुले डा. महतलाई कारवाहीको माग गरेका हुन ।निर्वाचनमा आँफुहरुलाई हराउन भुमिका खेलेको भन्दै नुवाकोटको लिखु,ककनी र शिवपुरी गाउँपालिकाका भित्रका वडाध्यक्ष तथा सदस्यका उमेदवारहरुले आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन ।निवेदनमा डा. महतको निर्देशनमा नेविसंघ जिल्ला सभापति उत्तम पाठक,लिखु३ का केशराम तामांग र तरुण दलका सुमन डंगोलले मतादातालाई विपक्षि पार्टीका उमेदवारहरुलाई मतदान गर्न लगाएकोले डा. महत सहित चारैजनालाई कारवाहीको माग गरिएको छ ।डा. महत सहितका नेता कार्यकर्तालाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितीमा बुझाईएको निवेदनमा वडाध्यक्षका उमेदवारहरु लिखु -३ का विनोद सेढाई, ककनी -३का सिताराम आचार्य, शिवपुरी -८ का केशव प्रसाद रिजाल,लिखु- ५ का विश्व प्रसाद खतिवडा र ककनी -१ का मोहनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन ।निवेदनमा वडासदस्यका उमेदवारहरु शिवपुरी- ८ का कृष्ण थपलिया, लिखु -३ का प्रकास कुँवर, लिखु- ५का कल्पना आचार्य, लिखु-५ कै कृष्णबहादुर थापा मगर, ककनी -३ का लक्ष्मि राई,ककनी -३ कै गीता सुनार, लिखु-६का अर्जुनजंग थापा र शिवपुरी- ८ का जयराम तामांग लगायतले हस्ताक्षर गरेका छन । 

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०७:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य ।एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरु शुन्यबाट निर्माण गर्नुपर्ने बताएकी छिन् । शुक्रबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएको बताए। अध्यक्ष ओलीले प्रचण्डसँग

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६