सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं, १६ माघ । आज माघ १६ गते प्रजातन्त्र स्थापना तथा पुनस्र्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ शहीदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । सरकारले हरेक वर्ष शहीदको सम्झनामा कार्यक्रम गर्दै आएको छ नागरिक स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विं.सं. १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए दिवसका अवसरमा धनगढीमा शहीद दशरथ चन्द्रको सालिकमा माल्यापण गरिएको छ । दिवसका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?