घट्न थाल्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । केहिदिन यता निरन्तर उकालो लागेको सुनको मूल्य बुधवार तोलामा ५ सयले कमि आएको छ । मंगलावार प्रतितोला छापावाला सुनको ८० हजार रहेको थियो । भने आज मूल्यमा कमि आई प्रतितोला सुनको मूल्य ७९ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७९ हजार २ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले कमि आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य ९ सय २५ रहेको थियो भने आज मूल्यमा कमि आई प्रतितोला चाँदी ९ सय ५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?