एमालेबाट को–को बन्दैछन् मुख्यमन्त्री ?

काठमाडौँ, १६ माघ- प्रदेश नम्बर ५ बाट नेकपा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको हो । एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यसअघि नै पोखरेललाई संसदीय दलको नेताका रुपमा चयन गरिसकेको छ मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा सहमतिअनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । एमाले उपाध्यक्ष गौतमले मंगलबारको स्थायी कमिटी बैठकले प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्ने निर्णय गरेको बताए एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो । तर, प्रदेश नम्बर १, ३ र ४ मा संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लागेको छैन प्रदेश नम्बर ५ मा जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । माओवादीले जितेको २० सिट थपिँदा गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले पोखरेल मुख्यमन्त्री बन्ने निश्चित बनेको हो प्रदेश नम्बर १ मा एमालेको नेतृत्व हुने सहमति भएपनि दुई जना आकांक्षी रहेका छन् । नेता शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी रहेका छनु् यसैगरी प्रदेश नम्बर तीनबाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । यसो त सानुकुमार श्रेष्ठ तथा केशब स्थापित समेतले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन् भने प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?