बाघको छालासहित २ जना पक्राउ

काठमाडौं । राजधानीको ललितपुरबाट बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकका सई मोहन बमको कमाण्डमा खटिएको प्रहरी टोलीले ओखलढुंगाका दिपेन तामाङ र संखुवासभाका रोशन कार्कीलाई एक थान बाघको छालासहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रमुख इन्स्पेक्टर पूर्णिमा चन्दले जानकारी दिइन् ।

यसबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?