मच्छिन्द्रबहालमा सुरक्षागार्डको हत्या गर्ने उनकै सहकर्मी पक्राउ

काठमाडौं, १६ माघ । काठमाडौंको मच्छिन्द्रबहालमा सुरक्षा गार्डको आफ्नै सहकर्मीले हत्या गरेको खुलेको छ आइतबार राति इस्टवेस्ट सेक्यूरिटिजमा कार्यरत् सुरक्षागार्ड मावापौवा घर भएका ५३ वर्षीय तुलबहादुर तामाङको हत्या भएको थियो । तामाङको इँटाले टाउँकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ उनको हत्यामा संलग्न भएको आरोपमा उनकै सहकर्मी मकवानपुरको साविक चितलाङ–२, हालको थाहा नगरपालिकाका २२ वर्षीय राजन थापा क्षेत्री पक्राउ परेका छन् उनले ड्यूटीको विषयमा वादविवाद हुँदा तामाङको हत्या गरेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी परिसरले उनलाई काठमाडौंको बाङ्मुढाबाट सोमबार पक्राउ गरेको थियो तत्काल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । थापा र तामाङबीच ३–४ महिनादेखि चिनजान भएर सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?