ड्याट्सन गाडीको ‘हट डिल’ योजनाका विजेताहरु घोषित

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले ‘ड्याट्सन हट डिल’ योजनाको विजेता घोषणा गरेको छ। प्रालिले दशैँ तिहारका बेला ‘ड्याट्सन हट डिल’ सञ्चालन गरेको थियो ।

कम्पनीका अनुसार आफ्ना गाडी खरिद गर्ने ग्राहकमाझ सञ्चालित उक्त योजनाका १५ जना विजेता घोषणा गरिएको छ।

उक्त योजनामा विजेता घोषित भइ थाइल्यान्ड जाने अफर जित्नेमा चित्रकला घिमिरे, मनी राई, अजय घिमिरे, निलध्वज, ईश्वरीराज ढकाल, विक्रम थापा, अजय कुमार यादव, डा. ओएस अन्सारी, करण चौधरी र सुशील अग्रवाल छन्। सुनको सिक्का जित्ने ५ जनामा रुक्साना हक, विष्णुप्रसाद जैसी, लिला अधिकारी, सुमित्रा कुमारी भुसाल र विजेश्वर प्रसाद शाह रहेका छन्।

कुल १ सय ५१ जनाबाट गरिएको लक्की ड्रमा उनीहरुले उक्त उपहार जितेका हुन्। थापाथलीस्थित ड्याट्सन शोरुममा मंगलबार लक्की ड्र विजेता घोषणा गरिएको हो।

कम्पनीका अनुसार विजेतामध्ये १० जनाले थाइल्यान्ड भ्रमणमा जान पाउने भएका छन् भने ५ जनाले १०र१० ग्रामको सुनको सिक्का उपहार जितेका छन्। कार्यक्रममा कम्पनीका पदाधिकारीले विजेतालाई बधाई र धन्यवाद दिएका थिए।

कम्पनीले ड्याट्सन न्यु गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर र १.० लिटर तथा गो प्लसको आधिकारिक बिक्रेताको रुपमा कारोबार गरिरहेको छ।

साथै उक्त कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?