मुख्यमन्त्री र सभामुखमा एमालेभित्रै मारामार, दाबेदार थपिदा नेतालाई सकस

काठमाडौं, १६ माघ । प्रदेश सरकार गठनको समयसीमा छोट्टिदै जाँदा दलहरुभित्रै दाबेदारहरु थपिदै गएपछि दलहरुलाई अन्तिम टुंगो लगाउन सकस परेको छ प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखको चयनका लागि एमाले स्थायी समितिको बैठक बस्दैछ । बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री र सभामुखको चयनका विषयमा छलफल हुनेछ वाम गठबन्धनले ७ मध्ये ६ प्रदेशमा सरकार बनाउन स्पष्ट बहुमत ल्याएको छ । एमालेले ४ प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख पाउनेछ । ती पदमा कसलाई पठाउने भन्ने विषयमा छलफल जारी छ प्रदेश ५ मा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित छ । उनी संसदीय दलको नेता चयन भइसकेका छन् । अन्य प्रदेशमा भने संसदीय दलको नेता चयन हुन सकेको छैन प्रदेश नम्बर १, ३ र ४ मा मुख्यमन्त्री पाएपनि एमालेकै दाबेदारबीच सहमति हुन सकेको छैन । स्थायी कमिटीले मापदण्ड बनाएर चुनाव गर्न दिने वा समावेशीता र पार्टीभित्रको सन्तुलन मिलाउने गरि सहमतिमा मुख्यमन्त्री तोक्ने भन्ने विषय टुंगो लागेको छैन प्रदेश १ मा शेरधन राई, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ वा किरण गुरुङमध्ये एक जना मुख्यमन्त्री बन्ने सम्भावना छ । तर प्रदेश १ मा भीम आचार्य र जीवन घिमिरे पनि मुख्यमन्त्रीको दाबी गरिरहेका छन् शेरधन एमालेको संस्थापन पक्षका हुन् भने आचार्य र घिमिरे माधवकुमार नेपाल पक्षमा नेता हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेले विराटनगरमा पत्रकार सम्मेलन गरेरै आफू माधव नेपाल पक्षको आधिकारिक उम्मेदवार भएको घोषणा गरेका छन् आचार्यमाथि स्थानीय चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पैसा लिएर टिकट बेचेको आरोपमा छानबिन भइरहेको छ । नेपाल पक्षकै नेताहरुले आचार्य विवादमा परेको भन्दै उनलाई उम्मेदवार नबनाउन दबाब दिएका छन् यदि चुनाव भएको खण्डमा प्रदेश १ मा शेरधन राई जित्ने र प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य हार्ने अवस्था नआओस् भनेर माथिबाटै मुख्यमन्त्री तय गर्न शीर्ष नेताहरुलाई केही नेताले सुझाव दिएका छन् प्रदेश ३ मा राजेन्द्र पाण्डे, केशव स्थापित, सानुकुमार श्रेष्ठ, डोरमणि पौडेल समेत मुख्यमन्त्रीको दाबेदार मानिएका छन् । प्रदेश संसदमा ओली पक्ष बलियो भएकाले संसदीय दलको नेताका लागि चुनाव भएमा अष्टलक्ष्मी शाक्यलाई समस्या पर्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?