‘थरीथरीका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन मित्रलाई के भन्दै होलान मदन भण्डारी ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले हिजो राजनीति गर्ने भए श्रीपेच फुकालेर आउ भन्ने मदन भण्डारीले आज थरीथरीका श्रीपेच लगाएका कम्युनिस्ट आत्मजन मित्रलाई के भन्छन् भन्दै प्रधानमन्त्रीलाई राजाको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीको जन्मदिनको तामझाम देखेर जन्मघरले पनि के भन्यो होला भनेका छन् । उनले भने तामझामले पुगेको घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद यो होइन, नयाँ महाराजाको सवारी भएछ ? यती होल्डिङको पैसा र हेलिकप्टरले पुर्‍याएको त्यो केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला ।’

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै समय लिएर बोल्दै रिजालले प्रधानमन्त्रीलाई कुन लोकमा हुनुहुन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?