आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, प्रतिपक्षी दलले अवरुद्ध नगर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दै छ । यस अघिको बैठकमा नेपाली कांग्रेसले अवरुद्ध गरेको बैठक भने आज चल्न दिने भएको छ ।

सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बैठकले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो।

निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोट सेक्युरेटि प्रिन्टि प्रेस खरिदमा कमिसनको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोध गरेको थियो ।

संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने भएपछि कांग्रेसहित तीन दल ले संसद चल्न दिने निर्णय गरेका हुन् ।

आजको बैठकमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कृषि सहकारी तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विभिन्न विधेयक पारितसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?