एमाले र माओवादी केन्द्रको एकता अब रोकिदैन : भट्टराई

तेह्रथुम, १६ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता कसैले चाहेर पनि नरोकिने बताएका छन् प्रेस चौतारीले तेह्रथुममा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले दुवै पार्टी पार्टी एकता गर्ने निर्णयबाट पछि नहट्ने बताए दुई दलबीच पार्टी एकता गर्ने सहमति पहिले नै भइसकेको भन्दै उनले अब त्यसका केही विशिष्ट कार्यभार बाँकी रहेको बताए माघ महिनाभित्रै सहमतिबाटै मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन हुने उनको भनाइ थियो । पार्टी एकीकरणपछि कम्युनिस्ट सरकारले लोकप्रिय काम गर्ने र त्यसैका कारण आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?