कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता

कालिकोट । कर्णाली नदीमा जीप खसेको छ । क १ ज ४१४१ नम्बरको जीप नदीमा खस्दा चालक वेपत्ता भएका छन् । जिल्लाको नरहरीनाथ गाउँपालिका १ स्थित जिते बजारको पुल पारी कर्णाली कोरीडोरमा जीप खसेको प्रहरीले जनाएको छ ।

उक्त जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जीप नदीमा खस्दा गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जीप नदीबाट निकाल्ने काम प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना विहान १० बजे भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?