विद्यालयको भवन जीर्ण हुँदा समस्या

पाल्पा, १६ माघ – कालिका आधारभूत माध्यमिक विद्यालय रामपुर नगरपालिका–४ देवीस्थान पाल्पाको भवन जीर्ण हुँदा पठनपाठनमा समस्या परेको छ विसं २०४४ मा निर्मित यस विद्यालयको पुरानो भवनमा बसेर पठनपाठन गर्न शिक्षक र विद्यार्थीलाई समस्या पर्दै गएको छ । पुरानो भवनलाई २०७२ को विनाशकारी भूकम्पले असर पु¥याएपछि पठनपाठनमा समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताए कक्षाकोठा अभावमा जीर्ण भवनमा विद्यार्थीलाई राखेर पढाउन बाध्य रहेको ठाडाले बताए कक्षा नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल १५० जना विद्यार्थी रहेका छन् । पुरानो जीर्ण भूकम्पले चर्काएको भवनभित्र बसेर शिक्षण गर्न समस्या परेको शिक्षक रामबहादुर राना बताउछन “पानी परेका बेला कक्षाकोठामा विद्यार्थीलाई पढाउन निकै समस्या छ, टिनको छानो भएकाले पानी आउँदा चुहिएर पठनपाठन प्रभावित हुँदै आएको छ” उनले भने । १७ वटा कक्षाकोठा रहेको विद्यालयमा हाल आठवटा कक्षाकोठा जीर्ण अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?