सत्तारुढ नेकपाले प्रभु शाहसँग स्पष्टीकरण माग्यो-तपाईलाई पार्टीले किन कारवाही नगर्ने ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु शाहसँग स्पष्टीकरण सोधेको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्ष साहलाई सोधेको पत्र काटेर पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा समाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? भनेर सोधेका छन् । तपाईलाई पार्टीले किन कारवाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णय अनुसार तपाईलाई स्पष्टीकरण सोधिएको छ ।’ भन्दै शाहसँग जवाफ मागिएको हो ।

शनिवार बसेको सचिवालय बैठकले अध्यक्ष साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपनि पत्र हिजो पठाएको छ । अध्यक्ष साहले आफूलाई स्पष्टीकरण सोधिएको पत्र प्राप्त भएको बताए । उनले थपे त्यस बारेमा अहिले कुनै टिप्पणी गर्दिन् ।

अध्यक्ष साहले केही दिनपहिले ललिता निवास जग्गा प्रकारणको बारेमा अभिव्यक्ति दिएका थिए । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायतका पूर्व मन्त्रीहरुमाथि अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष साहले सामाजिक सञ्जालमा प्रश्न सोधेका थिए ।

उनले लेखेका थिए ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष, यो कसरी यो कहाँको न्याय हो ?

 

तस्वीर गूगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?