हेटौँडाको शहीद स्मारकमा श्रद्धाञ्जलि सभा

हेटौँडा, १६ माघ – शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर जिल्ला समन्वय परिषद्का अध्यक्ष रघुनाथ कुलाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले फूलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरे कार्यक्रममा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र कृष्णप्रसाद दाहालले वर्तमान संविधानलाई कार्यान्वयन गर्ने काममा प्रमुख दलले आपसमा समन्वयका साथ स्थानीय निकाय र संघीय सरकारलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउँदै अब जनतालाई आर्थिक समृद्धितर्फ लैजान आत्मनिर्भर बनाउने योजनालाई कार्यान्वयन गर्न एकजुट हुन आग्रह गरे त्यसअघि स्थानीय नवलपुरबाट निस्केको एक बृहद् ¥यालीले पैदलयात्रा गरी स्थानीय शहीद स्मारकमा पुगेर श्रद्धाञ्जलि सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?