अभिनेत्री आँचल शर्माको विवाह आज

काठमाडौं । पछिल्लो समयकी चर्चित नेपाली अभिनेत्री आँचल दवाडी (शर्मा)को आज चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।

आज साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिने भएको हो । उनीहरुको वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई निमन्त्रणा पठाइएको छ ।नायिका आँचलकाअनुसार सोमबार उनीहरुको इन्गेजमेन्ट भएको हो । तर, निमन्त्रणा कार्डमा भने शुभविवाहको लागि वरवधुलाई शुभकामना दिन पाहुनालाई आमन्त्रण गरिएको छ ।

आँचल र उदीप केहि समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?