देउवाको यस्तो दाउ, होलान् त सफल ?

काठमाडौँ, १६ माघ- प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टीभित्र शक्तिशाली बन्ने रणनीतिमा अग्रसर भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ आसन्न महासमिति बैठकमा आफूअनुकूल विधान संशोधन गरेर पार्टीभित्र शक्तिशाली रहिरहने उद्देश्य देउवाको छ, जसलाई उनी निकट केन्द्रीय सदस्यहरूले सघाइरहेका छन्त्यसको ठीकविपरीत चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेलसहितका केन्द्रीय कार्यसमितिका युवा सदस्यहरूको एउटा जमात भने महासमिति बैठक हुँदै ‘अर्ली महाधिवेशन’ बोलाउन बाध्य पारेर नेतृत्व परिवर्तनको दिशासम्म पार्टीलाई लैजाने जनमत बनाउने प्रयत्नमा लागेका छन्त्यसलाई रोक्न सभापति स्वयं र उनी निकट सदस्यहरू यतिबेला अग्रसर देखिन्छन्। निर्वाचनमा पार्टीको पराजयपछि त्यसको जिम्मेवारी लिँदै नेतृत्वबाट विश्राम लिन देउवामाथि चौतर्फी दबाब परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?