बलात्कारी जोगाउन युवतीलाई ३० लाखको प्रस्ताव

काठमाडौं, माघ १६-दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छमहानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए। शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिएयुवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन्। ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्‍याइदिएका थिए‘मलाई केटाहरुले ५ सय रुपैयाँ थमाई ठेगाना दिएर पुऱ्याइदिनू भने। ट्याक्सीमा बसेपछि ती युवती रुन–कराउन थालिन्,’ टेलिफोन सम्पर्कमा आएका ती चालकले भने, ‘उनले नजिकैको प्रहरी कार्यालयमा पुर्‍याइदिन अनुरोध गरिन्। उनी आत्तिएकी थिइन्। भक्कानिँदै रोएपछि मैले प्रहरी चौकीमा छाडिदिएँ। त्यसपछि के भयो, मलाई थाहा भएन।’स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्न महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्‍याए। स्रोतका अनुसार दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहान होटलसम्म पुगेर घटनास्थलको अवलोकन गरेका थिए। युवतीसहित बसेको कोठामा मदिराका बोतल थिएयुवतीले आफू पुराना कुरा सम्झिन नचाहने र ठूलो मानसिक तनाबमा रहेको बताइन्। उनले यति मात्रै भनिन्, ‘मैले दिएको लिखित निवेदन दर्ता भएन।’ कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार प्रहरी टोली होटल पुग्दा चारै जना केटा त्यहाँ थिएनन्। प्रहरीले ४ मध्ये चक्रपथ क्षेत्रमा बस्ने २ जनाको नाम पहिचान गरेको थियो भने १ जना मंगोलियन अनुहार र झट्ट हेर्दा प्रहरीजस्तै हुलियाको रहेको भन्ने सूचना मात्रै पाएको थियोघटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे जानकारी पाएको थियो। उच्च स्रोतका अनुसार बालाजु प्रहरी वृत्तमा दरबन्दी भई दरबारमार्ग वृत्तमा काम गरिरहेका लक्ष्मणसिंह ठकुरी उक्त घटनालाई दर्ता गर्नभन्दा ‘मिलाउन’ तिर लागेका हुन्। स्रोतका अनुसार घटना सार्वजनिक भए सामाजिक अवगाल आइपर्ने र मुद्दामामिलाको झन्झट ब्यहोर्नुपर्ने भन्दै मोटो रकमको आश्वासन दिइएको थियोयुवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा कुरा थामथुम पारिएको थियो। त्यसमा प्रहरीलाई पनि ‘राम्रै लाभ हुने’ सहमति भएको स्रोतले बतायोस्रोतका अनुसार उच्च शक्तिकेन्द्रको पारिवारिक सदस्य रहेका एक युवकको पहुँचका भरमा दरबारमार्ग वृत्तले घटना गुपचुप राखेको थियो। घटनाबारे वृत्तले तालुकदार निकाय प्रहरी परिसरलाई कुनै जानकारी दिएको थिएन। वृत्तका डिएसपी तिलक भारतीले त्यस्तो कुनै घटनाबारे आफूहरुकहाँ कुनै उजुरी नपरेको बताएउनले आफू ३ दिनदेखि बिदामा रहेको बताए। उनका अनुसार घटनाको कुरा सुनेपछि प्रहरी होटलसम्म गएको हो। तर उक्त घटनाबारे युवतीले कुनै लिखित उजुरी दिइनन्। उनले भने, ‘खै के भयो थाहा भएन। उनीहरु आफैं–आफैं मिले होलान्। कसरी मिले भन्ने पनि थाहा भएन।’उनले युवती दरबारमार्ग वृत्तसम्मै नआएको समेत दाबी गरे। तर कमलपोखरी वृत्तका एक प्रहरीका अनुसार युवतीलाई प्रहरीले नै दरबारमार्ग वृत्तको जिम्मा लगाएर फर्केको थियो। डिएसपी भारतीले यो घटनाबारे प्रहरी परिसर, काठमाडौंले छानबिन सुरु गरेकोबारे पनि आफूलाई थाहा नभएको बताएमिलेमतोको यो घटना थामथुम पारिएको र पैसाको चलखेल भएको भन्ने सूचनाका आधारमा प्रहरी परिसर, काठमाडौंले अनुसन्धान समिति गठन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?