२० मङ्सिर २०८०, बुधबार

स्थानीय तह निर्वाचनमा डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप

२०७४,आश्विन,१,आईतवार ०७:१०

0
Shares

काठमाण्डौं, १ असोज ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. प्रकास शरण महतलाई अन्तर्घातको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरि पार्टीका उमेदवारहरुलाई हराएको आरोप लगाँउदै वडाअध्यक्ष तथा सदस्यका प्रत्यासीहरुले डा. महतलाई कारवाहीको माग गरेका हुन ।निर्वाचनमा आँफुहरुलाई हराउन भुमिका खेलेको भन्दै नुवाकोटको लिखु,ककनी र शिवपुरी गाउँपालिकाका भित्रका वडाध्यक्ष तथा सदस्यका उमेदवारहरुले आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका छन ।निवेदनमा डा. महतको निर्देशनमा नेविसंघ जिल्ला सभापति उत्तम पाठक,लिखु३ का केशराम तामांग र तरुण दलका सुमन डंगोलले मतादातालाई विपक्षि पार्टीका उमेदवारहरुलाई मतदान गर्न लगाएकोले डा. महत सहित चारैजनालाई कारवाहीको माग गरिएको छ ।यो समाचार पनि पढ्नुहोस्  नुवाकोट कांग्रेसमा अन्तर्घातको रोइलोडा. महत सहितका नेता कार्यकर्तालाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितीमा बुझाईएको निवेदनमा वडाध्यक्षका उमेदवारहरु लिखु -३ का विनोद सेढाई, ककनी -३का सिताराम आचार्य, शिवपुरी -८ का केशव प्रसाद रिजाल,लिखु- ५ का विश्व प्रसाद खतिवडा र ककनी -१ का मोहनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन ।निवेदनमा वडासदस्यका उमेदवारहरु शिवपुरी- ८ का कृष्ण थपलिया, लिखु -३ का प्रकास कुँवर, लिखु- ५का कल्पना आचार्य, लिखु-५ कै कृष्णबहादुर थापा मगर, ककनी -३ का लक्ष्मि राई,ककनी -३ कै गीता सुनार, लिखु-६का अर्जुनजंग थापा र शिवपुरी- ८ का जयराम तामांग लगायतले हस्ताक्षर गरेका छन । केही दिन अघि नुवाकोट काँग्रेसका सभापति तथा सांसद जगदिश्वर नरसिंह केसी विरुद्ध पनि स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै काँग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको थियो । डा. प्रकाश शरण महत विरुद्ध पनि उजुरी परेसँगै नुवाकोट काँग्रेस विवाद उत्कर्षमा पुग्ने देखिएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार ०७:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार