राष्ट्रियसभाको सदस्य संख्या बढाउन संविधान संशोधनको तयारी

काठमाडौं । राष्ट्रियसभा सदस्य संख्या बढाउन संविधान संशोधनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यदल गठन गरेको छ।

शनिबार बसेको सचिवालय बैठकले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको हो।

नेपाल संयोजक रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य छन्।

बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने गरी संसोधन हुन लागेको स्रोतले जनाएको छ । राष्ट्रियसभाका सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधा संशोधन गर्न लागिएको बुझिएको छ ।

संविधान संशोधन गरेपछि राष्ट्रपतिबाट मनोनित गरेर नेता गौतमलाई राष्ट्रियसभामा लाने तयारी भइरहेको स्रोतको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?