ओशोका विश्व चर्चित १७ भनाईहरु

काठमाडौं । भारतको मध्य प्रदेशस्थित कुचवाडामा ओशोको जन्म सन् १९३१ मा भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकालमै उनलाई दर्शनमा रुचि भयो ।

ओशोले आफ्नो पढाई जबलपुरमा पूरा गरे । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापन गरे ।

उनले धर्म तथा विचारधारामाथि देशभरि प्रवचन दिए । उनको आकर्षक व्यक्तित्वका कारण मानिसमाथि असर पर्ने गर्दथ्यो ।

प्रवचनका साथसाथै उनले ध्यान शिविर पनि आयोजना गरे । शुरुमा उनलाई आचार्य रजनीश भनेर पनि चिन्ने गरिन्थ्यो ।

जागिर छोडेपछि उनले नवसंन्यास आन्दोलन शुरु गरे । त्यसपछि उनले आफूलाई ओशो नाम दिए ।

सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिकामा बसे । त्यहाँ ओरेगनमा उनले आश्रम स्थापना गरे । यो आश्रम ६५ हजार एकडमा फैलिएको थियो ।

ओशोको अमेरिका प्रवास विवादास्पद रह्यो । महंगा घडी, रोल्स रोयस कार, डिजाइनर कपडाका कारण उनी सधैँ चर्चामा रहे ।

१. अहंकारले तत्कालका लागि खुसी त मिल्छ तर अन्तमा दुःख नै दुःख हात पर्दछ ।

२. जहाँ शुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ ।

३. सुख त्यति सस्तो पनि छैन कि जुन सुरुमै मिलोस् ।

४. तपाईको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन, किनभने हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन् ।

५. जीवन आराम र गतिबीचको सन्तुलन हो ।

६. शान्तिको शुरुवात एक मुस्कानबाट हुन्छ, म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्कुराइरहन्छु, किनभने, रोयो भने जिन्दगी छोटो हुन्छ वा भनौँ जिन्दगी रुनका लागि हुँदै होइन ।

७. जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस्, यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईलाई प्रेम र खुसीले चलाओस् ।

८. कसैसँग प्रतिस्प््द्धा गर्न आवश्यक छैन, तपाई आफूमा जे हुनुहुन्छ, एकदम सहि हुनुहुन्छ,पहिला आफूलाई स्विकार्नुस् ।

९. जतिबेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिबेलै तपाईको मृत्यु हुन्छ, किनकि, त्यसपछि न कुनै आश्चर्य, न त आनन्द नै, त्यसपछि तपाई मृत जीवन जिइरहेको हुनुहुन्छ ।

१०. तपाई त्यो बन्नुस्, जुन तपाई सोच्नुहुन्छ कि यहि नै म हुँ, यसको मतलव हो,आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।

११. बढीभन्दा बढी ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नुहोस् र जीवनको मज्जा लिनुहोस्, किनकि, वास्तविकतामा यहि नै जीवन हो ।

१२. गम्भीरता आत्माको सबैभन्दा ठूलो बिरामी हो ।

१३. चञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ ।

१४. हरेक चिज पहिला आफैभित्र खोज्नुस्, नत्र तपाई अर्को मानिससँग निर्भर रहनुपर्छ, जसले स्वयं आफैलाई जान्दैन ।

१५. बितेको समयका कारण बोझिलो भएर नबस्नुस्, जुन पाठ तपाईले पढ्दै हुनुहुन्छ, त्यसलाई बन्द गर्नुस्, पटक–पटक एउटै कुरामा जान जरुरत छैन, सोच्नका लागि अनगिन्ती विचार छन् ।

१६. यदि तपाई कुनै काम बिना प्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ, यदि त्यहि कामलाई प्रेमका साथ गर्नुभयो भने राजा बन्नुहुन्छ । तपाईको काम नै तपाईको खुसी हो ।

१७. कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो, आफैलाई सोध्नुस्, के म कसैको सच्चा साथी हुँ ? मुख्य प्रश्न यही हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?