मध्यरातमा चालक र सहचालकलाई चक्कु हानेर भाग्ने तीन जना पक्राउ

काठमाडौं, १५ माघ– दुई दिन अघि राजधानीको बालाजुस्थित माछापोखरीमा रातको समयमा तीन युवालाई चक्कु प्रहार गरेर भाग्ने ३ जना नै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ दाङ पुरन्धरा घर भइ हाल तारकेश्वर ११ मनमैजु हिलेडोल बस्ने तिलक बहादुर घर्ती मगर, सोही स्थानमा बस्ने अनिष खड्का र दोलखा कालिञ्चोक १ घर भई स्वयम्भु बस्ने मिलन सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो घटना पश्चात उनीहर तारकेश्वर ११ स्थित अभियुक्त मध्येका तिलक बहादुर घर्ति मगरको डेराकोठामा लुकिछिपि बसेको अवस्थामा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी निरीक्षक जनार्दन घिमिरेको टोलीले घटनामा प्रयोग भएको धारिलो हतियार चक्कु सहित पक्राउ गरेको हो उनीहरुको चक्कु प्रहार बाट गोरखा भिमसेन गाउँपालिका ४ का सुवास लामिछाने, धादिङ गंगा जमुना ७ मान बहादुर घले र धादिङ सिद्धलेक ४ सुरज थापा घाइते भएका थिए घाईते मध्ये सुवास लामिछाने र मान बहादुर घले धादिङ–काठमाण्डौ चल्ने बसका चालक र सुरज थापा सहचालक हुन् चालक तथा सहचालक खाना खाई सुत्नको लागि माछापोखरी स्थित धादिङ बसपार्कमा पार्किङ गरी राखेको बस भित्र जाने क्रममा बुद्ध मल अगाडी आईपुग्दा अभियुक्तले एक्कासी अन्धाधुन्द रुपमा कुटपिट तथा चक्कु प्रहार गरेको प्रहरीको भनाई छ घाईते मध्येका मान बहादुर घलेको पेट तथा आन्द्राको विभिन्न भागमा र सुरज थापाको घाँटी, छाती, कोखा, ढाड लगायत विभिन्न स्थानमा चोट लागेको छ अर्का घाईते सुवास थापाको ढाडमा चोट लागेको छ उक्त घटना पश्चात् तत्काल महानगरीय प्रहरी वृत्त बालाजुबाट डिएसपी विश्वराज खड्का समेतको टोली खटी गई स्थानीय समेतको सहयोगमा घाईतेहरुलाई पिपल्स मेडिकल कलेज नयाँबजार पठाइएको थियो पछि घाईते मध्येका सुरज थापालाई थप उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ पक्राउ परेका तीनै जना अभियुक्तलाई सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?