वर्षा शिवाकोटी र कर्साङ शेर्पाको दिल बस्यो (भिडियोसहित)

काठमाडौं । नव गायक कर्साङ शेर्पाले आफ्नो डेब्यु म्युजिक भिडियो ‘दिल बस्यो’ सार्वजनिक गरेका छन् । गीतमा गणेश सुवेदीको शब्द रहेको छ भने संगीत बिक्रम थापाको रहेको छ । गीतको संगीत संयोजन विशन मानन्धरले गरेका हुन् ।

स्वयम गायक कर्साङ र नायिका वर्षा सिवाकोटीको फिचर्ड गरेको उक्त म्युजिक भिडियोमा दुई जनाबीचको चोखो र सरल प्रेम कहानी प्रस्तुत गरिएको छ ।

उत्सव दहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गायक कर्साङको कन्सेप्टमा तयार पारिएको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका छन् ।

विगत लामो समय देखि अमेरिकामा बस्दै आएका कर्साङलाई गीत संगीतमा गहिरो रुचि छ । किशोर कुमार, नारायण गोपाल , भक्त राज आचार्य , दिप श्रेष्ठको गायन कलाबाट प्रभावित बताउने कर्साङले अमेरिकामा हुने विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो सहभागिता जनाउदै आएका छन् ।

हरेक नेपालीहरुमा सामाजिक सेवाको भावना हुनुपर्छ भन्ने विचार राख्ने कर्साङले यो म्युजिक भिडियो हाल अस्पतालमा उपचाररत आफ्ना भाई टेण्डी शेर्पा (नेपाल बास्केटबल संघका अध्यक्ष) प्रति समर्पित गरेका छन् ।

गीत संगीत मार्फत आगामी दिनहरुमा नेपालको प्राकृतिक सुन्दरता, जीवनशैली, प्रेम र यथार्थपन झल्काउने म्युजिक भिडियो निर्माण गर्दै जाने गायक कर्साङले बताएका छन् ।

गायक कर्साङले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह समेत गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?