सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छः कांग्रेस सहमहामन्त्री महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनुपर्ने बताएका छन् ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भिर छानबिन हुनुपर्ने बताएका हुन् । उनले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । ‘हामीले या प्रकरणमा विरोध गरिरहेका छाँै । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन्, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ । सबै काण्डहरुमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’, उनले भने ।

महतले एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपालको विकासमा ठुलो रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पारेका छन्। एमसीसीमा नेपाल मात्रै नभएर अन्य धेरै देशहरु संलग्न रहेको भन्दै महतले सन् २०१७ मा सम्झौता भएको भएपनि सन् २०२० मा आएर राष्टघाती देख्नेहरुले तीन वर्ष के हेरेर बस्नुभयो ? भनेर प्रश्न समेत उनले गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउदै आएका छन् । नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो । कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?