हेर्नुहोस् २०७६ साल फागुन १२ गते सोमवारको राशिफल

काठमाडौं । वि.सं. २०७६ फागुन १२ गते । सोमवार । इ.स.२०२० फेब्रुअरी २४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । ने.सं. ११४० सिल्लागा । फाल्गुन शुक्लपक्ष । तिथी– प्रतिपदा,२१ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– शतभिषा,१५ बजेर २४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा ।

योग– शिव,०७ बजेर ३२ मिनेट उप्रान्त सिद्ध । करण– किंस्तुध्न,०८ बजेर ५४ मिनेट उप्रान्त बव,२१ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ६ बजेर ३६ मिनेटमा, सूर्यास्त १७ बजेर ५९ मिनेटमा । दिनमान २८ घडी २८ पला । शिक्षा दिवस । पञ्चक। ग्याल्पो लोसार।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

शिक्षा क्षेत्रसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेको छ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शिक्षामा अलि धेरै समय लगाउँदा मात्र नतिजा हात पार्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा भएपनि बाटोमा दुख हुन सक्छ ।

व्यापार व्यवसायमा प्रशस्त समय दिएमात्र आम्दानी हुनेछ । घर परिवार तथा आफन्तको विश्वास गर्दा धोका पाईने छ । माया प्रेममा विस्वासघात हुने सम्भावना रहेको छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउनाले दैनिक कामहरु प्रभावित हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारमा लगानी गरेपनि तत्काल फाईदा हुनेछैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ ।

आफन्त तथा घरपरिवारका सदस्य हरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ ।

ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा सहपाठीहरुलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नीबीच बिश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय र कामको तालमेल नमिल्दा योजनाहरु थाती रहने छ । बौद्धिक क्रिर्याकलापमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्ला ।

अध्ययनमा बाधा हुने तथा अरुका लागि समय खर्चनु पर्नेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुनाले लगानीको वातावरण टरेर जानेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागि समय मध्यम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आट शाहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

उद्योग तथा उत्पादन मुलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन,कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुका लागि समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोलेको कुरा पुर्याउन नसक्दा आलोचनाको शिकार भईने छ । छिटो बोल्दा वा निर्णयहरु गर्दा परिस्थिती बिग्रनेछ । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिने छ ।

प्रेममा मनमुटाव बढ्नेछ भने आफन्तसँग घरायसी कुरामा राय बाजिने छ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउने तथा दैनिकी प्रभावित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायमा प्रशस्त समय दिएपनि न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरीरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय तथा कामको तालमेल नमिल्दा अरुभन्दा पछि परिने छ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ ।

बसाई सराई तथा लामो दुरिको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाईनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?