फेब्रुअरी महिनामा जन्मिएका मानिस धेरै बुद्धिमानी !

काठमाडौं । फेब्रुअरी महिनामा जन्मिएका बच्चा अधिक बुद्धिमानी र अग्लो हुने एक सर्वेक्षणबाट पत्ता लागेको छ ।

फेब्रुअरीमा जन्मिएका मान्छे आफ्नो सिर्जनशिलताले परिचय बनाउन सक्षम रहने अध्ययनको ठहर छ ।

त्यस्तै तत्कालै समस्याहरुबाट मुक्ति पाउन समेत यो महिनामा जन्मिएकाहरु सफल हुने अध्ययनको ठहर छ ।
२१००० जनामा ७ वर्षसम्म गरिएको अध्ययनमा फेब्रुअरीमा जन्मिएका बच्चामा तनाव समेत कम हुने गरेको देखिएको हो।

तर यो महिनामा जन्मिएकाहरु छिट्टै चित्त दुखाउने खालका हुने गरेको पनि अध्ययनबाट पत्ता लागेको छ । अनुसन्धानकर्ताका अनुसार यो महिनामा जन्मिएकाहरुले फरक पेशा अपनाउन खोज्ने खालका हुने गर्दछन् ।

फेब्रुअरीमा जन्मिएकाहरु प्राय कलाकार, यातायातका कर्मचारी वा प्रहरी सेवामा हुने गरेको पनि अध्ययनबाट पत्ता लागेको छ ।
न्यूजिल्याण्डमा गरिएको एक शोधमा ४ देखि ५ वर्षका बच्चामा यस्तो अनुसन्धान भएको थियो ।

त्यसमा बच्चाको विचार, स्वभाव, खर्च गर्ने बानी, साथी बनाउने कला लगायतको विश्लेषण गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?