छाया सरकारको मन्त्रीमण्डलको पहिलो बैठक, यस्तो भयो निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले गठन गरेको छाया मन्त्रीमण्डलको आइतवार बैठक बसेको छ । प्रतिपक्षीदल कांग्रेसले गत जेठमा छाया मन्त्रीमण्डलको गठन गरेको थियो । साथै आइतवार मात्र छाया सरकारको बैठक बसेको हो । सरकार संबद्ध पछिल्ला घटनाक्रम तथा भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गर्दै निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको जनाइएको छ ।

साथै जसले जुन मन्त्रालय सम्हालीरहेको त्यसलाई गहिरिएर अध्ययन गर्नुपर्ने र त्यहाँ भएका काण्डहरू रोक्न र जनता समक्ष लिएर आउनलाई अझ गहिरो अध्ययन गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको स्रोतले जनाएको छ । साथै मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा भिन्न रूपमा छानबिन गर्ने पनि निर्णय गर्ने उक्त बैठकको निचोड रहेको छ ।

प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गरेको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको हो ।

साथै बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरूलाई सरकारबाहिर रहेका दलहरूले सामूहिक रूपमा अगाडि बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?