पाँचथर पुगेर के भने प्रधानमन्त्री ओलीले ?

पाँचथर । प्रधानमनत्री केपी शर्मा ओलीले पाँचथर जिल्लाको सुख्खा ग्रस्त क्षेत्र कुम्मायक र तुम्वेवा गाउँपालिकालाई लक्षित वृहत तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् ।

कुम्मायक गाउँपालिकाको यासोकमा आयोजित उक्त उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले अव कुनै पनि नेपालीले खानेपानी, विद्युत र सडकबाट बन्चित नहुने बताएका छन् ।

५१ करोड ३० लाख लागतमा निर्माण भएको वृहत पम्पिङ खानेपानी आयोजना निर्माण भएको हो । उक्त उद्घाटन समारोहपछि उनी आफ्नो जन्मघर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?