गोकुल बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा कमिसन डिल गरेको विादास्पद अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका छन् ।

आइतबार परेको उजुरीमा बाँस्कोटा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?